सांसद चुनिएको भोलिपल्टै संसदीय दलको निर्वाचनको तयारी थाल्छु : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सांसदमा निर्वाचित भएको भोलिपल्ट नै संसदीय दलको निर्वाचनको तयारी थाल्ने बताएका छन् । आज काठमाडौं महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर मतदान केन्द्रमा मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । 

काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य उमेदवार रहेका थापाले संवैधानिक व्यवस्थाभित्रको चक्र नटुटाउन आग्रह गरे । 
उनले प्रधानमन्त्रीका लागि आफूले प्रत्यक्ष संकेत दिएको बताए । थापाले नेपाली कांग्रेसबाहेक अरू कुनै पार्टीमा संसदीय दलका लागि औपचारिकता पनि पूरा नहुने बताए । महामन्त्री थापाले सांसद चुनिएर गएको भोलिपल्टबाट नै संसदीय दलको निर्वाचनको तयारी गर्ने बताए ।  

‘यो परोक्ष संकेत होइन । यो प्रत्यक्ष संकेत हो । नेपाली कांग्रेसमा विजयी सांसदबाटै संसदीय दलको नेता चुनिने हो । आजको दिनको यथार्थ के हो भने नेपाली कांग्रेसबाहेक अरू कुनै पार्टीमा संसदीय दलका लागि औपचारिकता पनि पूरा हुँदैन जस्तो लाग्छ,’ थापाले भने, ‘मैले यो घोषणा गरेको होइन अवस्था बताएको हुँ । आइहालेको अवस्थामा नेपाली कांग्रेसभित्र आउने हो । जहाँ संसदीय दलको निर्वाचन हुन्छ । जहाँ मैले मेरो दाबी प्रस्तुत गरेको छु । दाबी गरेको मात्र होइन, यहाबाट सांसद भएर गएको भोलिपल्ट बाटै संसदीय दलको निर्वाचनको तयारी गर्ने हो ।’    

उनले काठमाडौं क्षेत्र नम्बर ४ का मतदाता शिक्षित रहेकाले आफ्नो विवेकको प्रयोग गरी मतदान गर्न आग्रह गरे । 





  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार १०:१७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया