हामी विकास निर्माणको अभियानमा छौँ : प्रकाशमान सिंह
फरकधार / ४ मंसिर, २०७९
यो सामग्री सेयर गर्नुहोस्

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनले निर्वाचन जिते केन्द्रीकृत एकात्मक व्यवस्था र संघीयतामा फरक के छ भन्ने कुराको उदाहरण प्रस्तुत गर्ने बताएका छन् ।  



आइतबार प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतदान गरिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । काठमाडौं–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका सिंहले दुई पटक संविधान लेखन, एक पटक संविधान रक्षा गर्न समय लागेको भन्दै अबको समय संविधानलाई कार्यान्वयन गर्नका लागि भएको बताए ।



उनले गठबन्धन सरकार राजनीतिक स्थिरता र स्थायित्व दिन अग्रसर रहेको पनि बताए । नेता सिंहले नेपाललाई विकास निर्माण सम्पन्नताको अभियानमा लैजान गठबन्धनको आवश्यकता रहेको बताए ।  



‘दुई पटक संविधान लेखन, एकपटक संविधान रक्षा गर्न लाग्यो र अब यो पटक जारी गरेको संविधानलाई कार्यान्वयन गर्नका लागि हो । हामी केन्द्रीकृत एकात्मक व्यवस्था र संघीयता फरक के छ भन्ने कुरा देखाउन चाहन्छौं । हामी कानुन बनाएर तीन तहकै सरकारले आफ्नो काम गरेपछि कस्तो फरक पर्छ भन्ने कुरा देखाउन चाहन्छौं । हामी राजनीतिक स्थिरता र स्थायित्व चाहन्छौं । नेपाललाई विकास निर्माण सम्पन्नताको अभियानमा हामी छौँ,’ सिंहले भने ।
 
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि आज देशभर मतदान जारी छ ।      







  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार १०:४८:३३,   अन्तिम अपडेट : मंसिर ४, २०७९ आइतबार १०:५०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया