बाजुराका विभिन्न मतदान केन्द्रमा झडप भएकाे छ ।
बुढीनन्दा नगरपालिका वडा नम्बर ५ नन्देश्वरीमा एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप भएको हो।
यस्तै, खप्तड छेडेदह गाउँपालिका–१ काँडा मतदान केन्द्रमा पनि झडप भएको प्रहरीले जानकारी दिएको छ ।
दुई पार्टीका कार्यकर्ताबिच झडप भएपछि मतदान स्थगित भएको छ ।
जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि राजन पाण्डे र टेकबहादुर बढुवाल स्वतन्त्र, एमालेबाट कर्णबहादुर थापा, नेपाली काँग्रेसबाट बद्री प्रसाद पाण्डे, राप्रपाबाट जंगकुमार गिरी र जनता समाजवादी पार्टीबाट रामबहादुर शाही उम्मेदवार छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।