आगामी गठबन्धन सरकार कांग्रेसको नेतृत्वमा बन्छ : शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ क्षेत्र नं ६ प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. शेखर कोइरालाले लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको बताएका छन् ।

उनले आज बिहान आदर्श माध्यमिक विद्यालयमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै अहिले भइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको माध्यमबाट संविधानको रक्षा, राजनीतिक स्थिरता र भ्रष्टाचार न्यूनीकरण र शासन कायम हुने बताए ।

नेता कोइरालाले कांग्रेसको नेतृत्वमा आगामी दिनमा गठबन्धनको सरकार निर्माण हुने र कांग्रेसको नेतृत्वको दाबेदारी रहने बताए । उनले निर्वाचनको परिणामपछि कांग्रेस कसको नेतृत्वमा सरकार बनाउने भन्नेमा निर्णय हुने बताए ।

निर्वाचनपछि सुशासन दिने प्रष्ट पार्दै कोइरालाले भने, ‘हामी पारदर्शी, जनताप्रति जवाफदेही र भ्रष्टाचार न्यूनीकरण गर्न सकेनौँ भने सरकार परिवर्तन हुन्छ ।’  





  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार १४:५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया