सय कटेका मतदाता भन्छन् - सक्षम जनप्रतिनिधि चुन्न पाइयो

धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका १०५ वर्षीय मनक दासले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा मतदान गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका–११ बस्ने मनकले जनकपुरधाम–११ स्थित जनता प्रावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

मतदाता परिचयपत्रमा उल्लेख जन्ममितिका अनुसार आफू ९६ वर्षको रहेपनि आफ्नो उमेर १०५ वर्ष रहेको उनले बताए । मनकले आफूले उत्साहपूर्ण रुपमा मतदान प्रक्रियामा सहभागी भई आफ्नो क्षेत्रका लागि सक्षम जनप्रतिनिधि चयन गर्न आफ्नो मतको सदुपयोग गरेको बताए । उनले आफूले सक्षम जनप्रतिनिधि चुन्न पाएको भन्दै खुसी व्यक्त गरे । 

उता, धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा पनि ९८ वर्षीया एक बृद्धाले मतदान गरेकी छन् । मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ तुलसियाही बस्ने ९८ वर्षीया इन्दिरा देवी ठाकुरले तुलसियाही–४ स्थित बैद्यनाथ देव जनता माविस्थित मतदान केन्द्रमा आफैं पुगेर मतदान गरेको उनका छोरा कविन्द्रनाथ ठाकुरले जानकारी दिए । 

इन्दिराले आफू विगत ७० वर्षदखि देशको हरेक मतदान प्रक्रियामा सहभागी हुँदै आएको बताइन् । उनले आफ्नो क्षेत्रका लागि जनप्रतिनिधि चयन गर्न पाउँदा आफू अत्यन्त हर्षित भएकोसमेत बताइन् । 





  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार १६:०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया