प्रतिनिधिसभाको मतपत्र प्रदेशसभाको मतपेटिकामा भेटिएपछि सुर्खेतको सिम्तामा मतदान स्थगित

सुर्खेतको निर्वाचन क्षेत्र नं. १ (क) तर्फ सिम्ता वहुमुखी क्याम्पसल मतदान केन्द्रमा मतदान स्थगित गरिएको छ ।

उक्त मतदान स्थलमा ‘ख’ मतदान केन्द्रमा प्रतिनिधि सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मत पत्र प्रदेश सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मत पेटिकामा भेटिएपछि मतदान स्थगित गरिएको हो ।

आज दिउँसो उक्त मतपेटिकाहरु भेटिएका थिए । मतपेटिका फरक बाकसका भेटिएपछि दलहरुबीच सहमति भएन, सो कारण मतदान स्थगित गरिएको प्रदेश निर्वाचन कार्यालय, सुर्खेतले जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार १७:२६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया