हृदयघातका कारण २४ वर्षमा अभिनेत्रीको निधन
फरकधार / ४ मंसिर, २०७९

बांग्ला टिभीका कार्यक्रमहरु तथा धारवाहिकहरुमा काम गरेर चर्चा कमाएकी अभिनेत्री एन्ड्रिला शर्माको आइतबार निधन भएको छ । 



२४ वर्षकी उनको शनिबार राति हृदयघात भएको थियो । त्यसपछि उनलाई अस्पताल पुर्याइएको थियो । त्यहाँ उनलाई सिपिआर दिइएको थियो ।

केही समयका लागि उनको अवस्था सुधार आएको थियो । तर, उनले आइतबार राति १ बजे अन्तिम सास लिइन् ।



उनलाई यसअघि क्यान्सर भएको थियो ।



  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार २०:३५:३८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया