मोरङ निर्वाचन क्षेत्रबाट यसपटक सांसदमा निर्वाचित हुँदैछन्, नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला । उनका प्रतिस्पर्धी नेकपा एमालेका नेता लालबाबु पण्डितको सांसद यात्रामा ब्रेक लाग्दै छ ।
फ्याक्ट्स नेपालले गरेको एक्जिट पोलमा यस्तो देखिएको हो ।
यसअघि २०७४ सालको निर्वाचनमा एमाले माओवादी गठबन्धन हुँदा लालबाबुले शेखरलाई हराएका थिए ।
फ्यक्ट्स नेपालले गरेको एक्जिट पोलअनुसार यसपटक शेखर लालबाबुभन्दा १४ प्रतिशत मतले अगाडि छन् । शेखरले जित्ने सम्भावना ४४ प्रतिशत रहेको र लालबाबुको सम्भावना ३० प्रतिशत रहेको एक्जिट पोलको आँकडा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।