एक्जिट पोलः झापा ३ मा राप्रपा अध्यक्ष लिङदेन हार्दैछन्, सिटौलाले जित्दैछन्

२०७४ सालको निर्वाचनमा भोगेको पराजयको बदला यसपटक नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले लिने भएका छन् ।

फ्याक्ट्स नेपालले गरेको एक्जिट पोलअनुसार उनले २०७४ मा आफूलाई हराएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई यसपटक हराउने सम्भावना रहेको छ ।

फ्याक्ट्स नेपालले सार्वजनिक गरेको तथ्यांकअनुसार सिटौलाले जित्ने सम्भावना ४५ प्रतिशत रहेको छ ।

लिङदेनको यो सम्भावना ४१ प्रतिशत भएको फ्याक्ट्स नेपालले जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार २३:२९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया