भक्तपुर २ मा एमालेका महेश बस्नेत हार्ने सम्भावना

भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २ लाई नेकपा एमालेले आफूले जित निकाल्ने क्षेत्रका रुपमा राखेको थियो । एमालेका निवर्तमान सांसद महेश बस्नेतको दबदबा त्यहाँ कायम रहेको एमालेको प्रारम्भिक अध्ययन थियो ।

तर, आज सुरु भएको मतगणनाको प्रारम्भिक रुझानअनुसार बस्नेतले हार्ने सम्भावना देखिएको छ ।

त्यहाँ नेपाली कांग्रेसका दुर्लभ थापाले अग्रता लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले यी दुईलाई पछ्याएका छन् ।

निर्वाचन आयोगका अनुसार सोमबार बिहान पौने ८ सम्मको प्राप्त मतपरिणामअनुसार थापाले २ हजार २३१ र बस्नेतले १ हजार ३२ मत प्राप्त गरेका छन् । 

विकले ४ सय २४ मत प्राप्त गरेका छन् । त्यस्तै, नेमकिपाकी अनुराधा थापाले २ सय ५० मत प्राप्त गरेकी छन् ।





  • प्रकाशित मिति : मंसिर ५, २०७९ साेमबार ८:८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया