मुस्ताङको प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनको प्रारम्भिक मतगणनाको परिणाम आएको छ ।
त्यहाँ कांग्रेसका योगश गौचन थकालीले अग्रता लिएका छन् । उनले एमालेका प्रेम तुलाचनलाई पछाडि पारेका छन् ।
योगेशले १ हजार ६८ मत ल्याउँदा तुलाचनले ८०७ मत ल्याएका छन्
राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले १२, राप्रपा नेपालका प्रवीण शेरचनले २ मत ल्याएका छन् ।
मुस्ताङमा १० हजार ९५७ मतदाता रहेकोमा आइतबार ७ हजार २३० मत खसेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।