बैतडीको पाटनमा जिप दुर्घटना : तीनजनाको मृत्यु

बैतडीको पाटनमा भएको जिप दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार आज बिहान भएको जिप दुर्घटनामा परी तीनजनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेहरूको सनाखत हुन बाँकी रहेको उनले बताए । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ को थुममा जिप दुर्घटनामा परेको हो । 

जिल्ला सदरमुकाममा मतपेटिका पुर्‍याएर फर्किँदै गरेको प्रहरी टोली चढेको जिप सडकबाट करिब ३ सय मिटर तल खसेको छ । 





  • प्रकाशित मिति : मंसिर ५, २०७९ साेमबार ८:५६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया