मकवानपुरको मतगणना ११ बजेदेखि सुरु हुने

मकवानपुरमा अहिले बिहान ११ बजेदेखि मतगणना हुने भएको छ । भर्खरै सम्पन्न सर्वदलीय बैठकको निर्णय अनुसार ११ बजेदेखि मतगणना हुने भएको हो ।

राति अबेरसम्ममा सबै मतपेटिका मतगणना स्थल हेटौंडा–२ स्थित सिद्धार्थ माविमा आइपुगेको छ । मकवानपुरमा  ५९ प्रतिशत मात्रै मत खसेको छ । 

मकवानपुरको दुई निर्वाचन क्षेत्रमा एक लाख ७८ हजार २८२ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए ।





  • प्रकाशित मिति : मंसिर ५, २०७९ साेमबार ९:३३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया