काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी मानुषी यमीको मत तेस्रो नम्बरमा देखिएको छ ।
त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले लिड गरिरहेका छन् ।
१५४३ मत गन्दा पराजुलीको ३७५ मत आएको छ । एमालेका उम्मेदवार श्यामकुमार घिमिरे दोस्रो नम्बरमा छन् । उनको ३०६ नम्बर मत आएको छ ।
मानुषी यमीको मत २९३ रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।