पहिलो मत परिणामः मुस्ताङबाट कांग्रेसले खोल्यो खाता, योगेश विजयी

आइतबार भएको प्रतिनिधि सभा निर्वाचनको पहिलो मत परिणामम आएको छ । यो मत परिणाम हो, मुस्ताङको । 

मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन् । उनी मुस्ताङका कांग्रेस जिल्ला सभापति रोमी गौचन थकालीका छोरा हुन् ।

पूर्वमन्त्रीसमेत रहेका रोमीले यसपटक पनि टिकट आफैंले पाएका थिए । 

तर, काठमाडौंबाट मुस्ताङ पुगेपछि उनले २९ वर्षका छोरालाई अगाडि सारे । र, उनलाई विजयीसमेत बनाए ।

योगेशले नेकपा एमालेका उम्मेदवार प्रेम प्रसाद तुलाचनलाई ९१४ मतको अन्तरले हराएका हुन् । योगेशले ३ हजार ९९२ मत पाउँदा तुलाचनले ३०७८ मत पाएका थिए ।

त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुदेश गुरुङले र राप्रपाका प्रवीण कुमार शेरचनले पनि उम्मेदवारी दिएका थिए । उनीहरुले क्रमशः ८७ र १३ मत पाए ।





  • प्रकाशित मिति : मंसिर ५, २०७९ साेमबार १२:३१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया