logo-img

एक दिने स्टुडियो फोटोग्राफी कार्यशाला सम्पन्न

काठमाडौं फोटोग्राफर संघ, स्वयम्भू एरिया कमिटीले शनिबार एक दिने स्टुडियो फोटोग्राफी कार्यशाला आयोजना गरेको छ । ‘अ जर्नी इनटू स्टुडियो फोटोग्राफी’ विषयको कार्यशाला स्वयम्भूस्थित रेनबो इन्टरनेशनल स्कूलमा आयोजना गरिएको हो । 

काठमाडौं फोटोग्राफर संघमा आवद्ध सदस्य फोटोग्राफरहरूलाई निःशुल्क गरिएको उक्त कार्यशालामा  फ्रीलान्सर फोटोग्राफरहरूको पनि सहभागी थियो । कार्यशालामा  प्रमुख प्रशिक्षकको रूपमा  मधुसूदन थापा थिए । 

 

 

 

 

काठमाडौं फोटोग्राफर संघका सचिव रेशम राज पण्डितद्वारा सञ्चालित उक्त कार्यशालामा सहभागी प्रशिक्षार्थी फोटोग्राफरहरुलाई संघका अध्यक्ष हरि प्रसाद घिमिरे, पूर्व अध्यक्ष मोती बहादुर बोगटी, निवर्तमान अध्यक्ष डिगम्बर राजवंशीले प्रमाणपत्र प्रदान गरेका थिए । 

 

 

करिब ६५ जना फोटोग्राफरहरूको सहभागी रहेको कार्यशाला राजु लामाद्वारा संयोजन गरिएको थियो । कार्यशालामा नागार्जुन कलर ल्याब र स्वयम्भू प्रोडक्सन तथा मल्टि क्रिएसन मुख्य प्रायोजक तथा योञ्जन फोटो सोलुसन तथा फ्रेम हाउस सह–प्रायोजकको रूपमा रहेका थिए । काठमाडौं फोटोग्राफर संघका अध्यक्ष हरि प्रसाद घिमिरेले सहभागी फोटोग्राफर, सहयोगी तथा  प्रशिक्षकलाई धन्यवाद दिएका थिए ।  

 

 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्