logo-img

चक्रवर्तीको रक्तदान तथा आँखा परीक्षण कार्यक्रम

चक्रवर्ती हवि एजुकेसन एकेडेमी (कलेज अफ ल)को आयोजनामा सोमबार रक्तदान तथा आँखा परीक्षण कार्यक्रम आज सम्पन्न भएको छ । 

कार्यक्रममा उक्त कलेजका ५२ जना विद्यार्थी तथा कर्मचारीले रक्तदान गरे भने १८० जनाको आँखा परीक्षण गरिएको थियो । कार्यक्रममा यसअघि रक्तदानमा सहभागी भएका ८१ जनालाई मायाको चिनो प्रदान गरिएको थियो ।

रक्तदान कार्यक्रमको संयोजन नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा र आँखा शिविरको संयोजन एसजी अस्पतालले गरेका थिए ।

कलेजकी कार्यकारी निर्देशक विमला हुमागाईंको सभापतित्वमा सम्पन्न यस कार्यक्रममा कवि सुदेश सत्याल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा विद्यार्थी, कर्मचारी तथा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरूको सहभागिता थियो ।

 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्