logo-img

युग सुहाउँदाे शिक्षा बनाउन लिटिल एन्जल्सकाे कार्यशाला धनगढीमा

धनगढी- शिक्षण पद्धतिलाई थप प्रभावकारी बनाइ अहिलेकाे युग सुहाउँदाे बनाउन धनगढीमा कार्यशाला गोष्ठी गरिएकाे छ ।

लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्ट काठमाडौंले धनगढीमा कार्यशाला गोष्ठी गरेको हो । कार्यशालामा शिक्षण पद्धतिमा देखिएका नाैला आयाम,संवेदनात्मक चेतनाकाे विकास, ब्यवहारीक जीवनमा शिक्षाकाे प्रयाेगलगायतका विषयमा छलफल गरिएकाे थियाे ।

कलेजका प्रधानाध्यापक डा. मित्रबन्धु पौडेलले शिक्षक तथा विद्यार्थीमा देखिने तनाव, अध्ययन अध्यापनको चुनौति कम गराउन शिक्षकबीच शिक्षण सिकाइ कार्यक्रम आयोजना गरिएको बताए ।

गोष्ठीमा प्रशिक्षकसमेत रहेका डा. पौडेलले शिक्षण क्षेत्रमा देखिएको चुनौति र निराशालाई न्यूनीकरण गर्दै शिक्षकले अध्ययनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

शिक्षक र विद्यार्थीबीच सैद्धान्तिक अध्ययनसँगै व्यवहारिक र अभ्यासात्मक शिक्षण आवश्यक हुनुपर्ने बताउँदै उनले विद्यार्थीसँगै अध्यापन गराउने शिक्षकमा समेत संवेदनात्मक चेतको ज्ञान हुनुपर्ने बताए । उनले भने- ‘शिक्षक पेशालाई मर्यादित बनाउन शिक्षक आफैपनि तनाव मुक्त हुनुपर्छ । कक्षामा शिक्षक तनावमा हुने र विद्यार्थीमा समेत विभिन्न तनाव रहने गरेको पाइएकोले सकारात्मक सिकाई जरुरी रहेको छ ।’

लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्टकी डा.स्मृतिकला पन्तले शैक्षिक गुणस्तर कायम गर्नका लागि शिक्षक स्वयं जिम्मेवार हुनुपर्ने बताइन् । उनले वर्तमान युग सुहाउँदो शिक्षाको लागि शिक्षक अध्ययनशील हुनुपर्ने बताइन् ।

छलफल कार्यक्रममा विद्यार्थीलाई सृजनात्मक अभ्यास हुनुपर्ने र शिक्षकले अध्ययन गर्न आवश्यक रहेको सहभागीले जाेड दिएका थिए । कार्यक्रममा लिटिल एन्जल्सका कार्यक्रम संयाेजक कृष्ण अवस्थीले शिक्षण पेशामा देखिएको समस्या र चुनौति निराकरणका लागि छलफल प्रभावकारी भएको हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा धनगढी,अत्तरियाका माध्यमिक तथा क्याम्पसका ४० जना भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्