logo-img

चिनियाँ विशेषताको आधुनिकीकरण, नेपाल-चीन सम्बन्धमा नयाँ आयाम

नेपाल र चीनबीचको सम्बन्ध झनै प्रगाढ र विश्वसनीय हुँदै गएको छ । चीनतर्फका व्यापारिक नाका खुल्नु  र दुवै देशकातर्फबाट नागरिकस्तरमै एक अर्काको देशमा भ्रमण हुनुले राजनीतिक, आर्थिक मात्र होइन सामाजिक सम्बन्धसमेत घनिष्ट हुँदै गएको छ । 

काठमाडौंमा आयोजित ‘चिनियाँ विशेषताको आधुनिकीकरण’ विषयका छलफल कार्यक्रममा चीन मामिलाविज्ञ एवं परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले नेपाल चीनको सम्बन्धबारे हालसम्मका सन्दर्भको चर्चा गरे । उनले आधुनिकीकरणको चिनियाँ अभ्यासको समेत समीक्षा गरे । दुवै देश एकअर्काको अस्तित्वको सम्मान गर्दै अघि बढिरहेकाले नेपालको विकासमा चीनको सहयोग महत्वपूर्ण हुने उनले बताए । 

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा फ्रेन्ड्स अन क्लाउड  पल्टफर्म अफ इन्फ्लुइन्स नेपालले गरेको कार्यक्रममा नेपालीहरूको आँखामा चिनियाँ  आधुनिकीकरण अभ्यास विषयसम्बन्धी ‘यात्रा अनुभूति संगालो’  नामक पुस्तक पनि विमोचन गरिएको थियो । 

आइडी सीपीसीको निमन्त्रणामा नेपाली कलाकार पत्रकार तथा व्यवसायीको टोलीले हालै चीन यात्रा अवधि भरमा देखेका सुनेका,भोगेका यात्रा संस्मरणलाई उक्त पुस्तकमा समेटिएको छ । 

‘फेन्ड्स अन क्लाउड  पल्टफर्म अफ इन्फ्लुइन्स नेपाल’ का अध्यक्ष शोभित उप्रेतीले भ्रमणले दुई देशबीच जनस्तरमा सम्बन्ध गाँसिँदै जाने र यसले एअर्काको भौगोलिक र सामाजिक अवस्था बुझ्न मद्दत गर्ने धारणा राखे । 

पुस्तकमा जनवादी गणतन्त्र चीनको सुदूर पश्चिम दक्षिणको कमविकसित स्वशासित प्रान्त .र राष्ट्रपति सी जिनफिङको अवधारणा र योजनाबमोजिम भएको सन्तुलित विकासबारेका अनुभूति समेटिएका छन । 

सीपीसीको पङ्तीले पर्यावरण, संस्कृति र धर्मलाई समेत केन्द्रविन्दुमा राखेर हासिल गरेको तीव्र भौतिक विकास विश्वका लागि लोभलाग्दो रहेको छ । कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वल, पत्रकार जीवराम भण्डारी, राजेश चाम्लिङ राई, नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी  श्रेष्ठ लगायतले नेपाल–चीन सम्बन्ध र आफ्नो अनुभवबारे जानकारी गराएका थिए ।

कार्यक्रममा वरिष्ठ  कलाकार मदनदास श्रेष्ठले पनि  विगतको आफ्नो चीन भ्रमणको स्मरणलाई बाँडेका थिए ।

 

 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्