logo-img

आइएसपिओले भन्यो- आरोप प्रमाणित नभएसम्म निर्मल पुर्जा निर्दोष छन्

गत वर्ष आइएसपिओ कप निर्णायक मण्डलले निर्मल पुर्जालाई निम्सदाइ फाउण्डेसनसँगको उनको कामका लागि सम्मानित गरेको गरेको थियो । जुन उनले २०२१ मा नेपाली समुदायलाई सहयोग गर्न र आफ्नो मातृभूमिका पवित्र हिमालहरूको संरक्षण गर्न स्थापना गरेका थिए । 

हालै, निर्मल पुर्जामाथि उनको अभियान एजेन्सीका दुई महिला ग्राहकहरूमाथि यौन दुर्व्यवहारको आरोपहरू सम्बन्धी रिपोर्टहरू आएका थिए । आइएसपिओ डटकम पहिलो र एकमात्र मेगाट्रेण्ड उन्मुख खेलकुद पत्रिका हो, जसले खेलकुद र बाहिरी गतिविधिहरू केवल व्यायाम र उपकरणमात्र नभई जीवनशैलीको महत्वपूर्ण हिस्सा हो भन्ने मान्यतामा विश्वास राख्दछ । 

आइएसपिओ निर्मल पुर्जामाथि लागेका आरोपहरूबाट अत्यन्तै चिन्तित रहेको जनाएको छ । इमानदारी, सम्मान र न्याय आइएसपिओका लागि अत्यन्तै महत्वपूर्ण रहेको उसको भनाई छ । आफ्नो एक वक्तव्य मार्फत उसले भनेको छ,‘आइएसपिओ स्पष्ट रूपमा भन्न चाहन्छ कि यौन दुर्व्यवहार र कुनै पनि प्रकारको शारीरिक वा मानसिक दुर्व्यवहार स्वीकार्य छैन र सहन गरिने छैन ।’ 

‘आइएसपिओले निर्मल पुर्जालाई एक इमानदार व्यक्तिको रूपमा चिनेको छ । तसर्थ, पुर्जामाथि लागेका आरोपहरू पूर्ण रूपमा अनुसन्धान नभएसम्म उनी निर्दोष छन्’ आइएसपिओले आफ्नो वक्तब्यमा भनेको छ,‘तर,आरोपहरू सत्य साबित भएमा आइएसपिओले तुरुन्तै निर्मल पुर्जासँगको सहकार्य अन्त्य गर्नेछ र आइएसपिओ कप फिर्ता लिनेछ । यो कार्यले  पुरस्कारहरूको अखण्डता कायम राख्न र यस्तो व्यवहारको विरुद्ध बलियो सन्देश दिन आवश्यक छ ।’  

 

 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्