logo-img

क्लासिक ह्वील्सले ग्यारोको लागि गर्‍यो विशेष कार्यक्रम

क्लासिक ह्वील्स एक्सपोर्ट एण्ड इम्पोर्टले वर्नबास मिउजियम होटेलमा एक सफल भेटघाट कार्यक्रम आयोजना गरेको छ । जसमा मिडिया र प्रभावशाली इन्फ्लुएन्सरहरूलाई नयाँ परियोजनाहरूको अनावरण र उनीहरूको नयाँ ब्रान्ड ग्यारोको सफलताहरूको उत्सव मनाउनका लागि आमन्त्रण गरिएको थियो ।

र्यक्रमको मुख्य आकर्षण इन्फ्लुएन्सर च्यालेन्जको सुरुवात थियो, जुन चाँडै नै सुरु हुँदै छ। नेपालभरिका प्रभावशाली व्यक्तिहरूले ग्यारो डिटी-६० को विशेषता र प्रदर्शनलाई देखाउने रचनात्मक भिडियो तयार गरेर प्रतिस्पर्धा गर्नेछन् । यस च्यालेन्जमा रचनात्मकता, पहुँच र संलग्नताको आधारमा विभिन्न पुरस्कारहरू राखिएका छन् ।​

ग्यारोले ग्यारो जिमखाना सुरु गर्ने घोषणा गरेको छ, जसमा रोमाञ्चक कोर्सहरू समावेश हुनेछन् । जिमखाना इभेन्टहरूमा चालकहरूले जटिल बाधा पुऱ्याउन र गति, चपलता र कौशललाई परीक्षण गर्ने प्रतियोगिताहरू समावेश छन् । ग्यारो जिमखानाको बारेमा थप जानकारी चाँडै नै सार्वजनिक गरिनेछ।

ग्यारोले नेपालको विभिन्न स्थानमा सेवा केन्द्रहरूको विस्तार गर्ने योजना पनि प्रस्तुत गरेको छ, जसले टिकाउ र उच्च प्रदर्शनयुक्त यातायात समाधानहरू प्रदान गर्ने प्रतिबद्धता देखाउँछ। कम्पनीले सञ्जालभरी सेवा केन्द्रहरू स्थापना गर्ने लक्ष्य राखेको छ, जसले गर्दा ग्राहकहरूले कुनै पनि स्कूटरसम्बन्धी समस्यामा तुरुन्त सहयोग पाउन सक्छन्।

प्रमुख प्रभावशाली इन्फ्लुएन्सर र मोटोभ्लगरहरू राम बिक्रम थापा (ट्विन्सराइडर भ्लग्स), नेशाङ श्रेष्ठ, र बिशेष रेग्मी खत्रीले  ग्यारो रेन्ज टेस्टको अनुभवहरू आदान प्रदान गरेका थिए । खत्रीले चितवन सम्मको यात्रा एक पटकको चार्जमा पूरा गरेर स्कूटरको प्रभावशाली रेन्ज देखाए। त्यस्तै, राम बिक्रम थापा र नेशाङ श्रेष्ठले क्रमशः ३५८ किलोमिटर र ३६७ किलोमिटरको यात्रा एक पटकको चार्जमा पूरा गरे। यी वास्तविक परीक्षाहरूले ग्यारो डिटी-६०को उत्कृष्ट प्रदर्शन र दक्षता देखाएका थिए । 

च्याम्पियनशिप श्रृंखलाका विजेता भिम होना सम्मानित गरिए। जेठ ५ मा भएको च्याम्पियनशिप फाइनल्समा भिमको उत्कृष्ट सवारी कौशल र दृढता देखिएको थियो । मुख्य पुरस्कारस्वरूप, भीमलाई क्रसफायरको ट्रैकर २५० बाइक प्रदान गरियो । यो हस्तान्तरण समारोहले भिमको विजयलाई सम्मानित गर्दै क्लासिक व्हील्सले स्थानीय प्रतिभा र खेलकुद कार्यक्रमहरूलाई समर्थन गर्ने प्रतिबद्धता देखाएको छ।

 ग्यरो कार्यक्रम अत्यन्त सफल रह्यो, जहाँ मिडिया प्रतिनिधिहरू र प्रभावशाली व्यक्तिहरूको उत्साहजनक सहभागिता थियो । कार्यक्रममा ग्यरोका उत्पादनहरूको अनुभव लिन र नेट्वर्किङ अवसरहरूको लागि प्लेटफर्म प्रदान गरियो । सहभागीहरूले कार्यक्रममा सकारात्मक प्रतिक्रिया दिएका छन्, जसले ग्यरोका नवीनता र कम्पनीको विद्युतीय मोबिलिटी क्षेत्रमा पर्ने प्रभावप्रति बढ्दो रुचिलाई उजागर गरेको छ। 

 

 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्