logo-img

एसइईमा ए प्लस ल्याएका ८ विद्यार्थीलाई सिग्मा स्कुलको नगद पुरस्कार

सोह्रखुट्टेस्थित सिग्मा सेकेन्डरी स्कुलले एसइई परीक्षामा ए प्लस ल्याउने विद्यार्थीलाई सम्मानसहित १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेको छ । स्कुलले शैक्षिक सत्रमा विद्यार्थीको ऊर्जा विस्तार गर्ने उद्देश्यले प्रोत्साहनस्वरूप नगद पुरस्कार वितरण गरेको स्कुल प्रमुख जयदेव सिंह धामीले जानकारी दिए ।

‘विद्यार्थीको मिहिनेतलाई मध्यनजर गर्दै उहाँहरूलाई थप प्रोत्साहन गर्ने उद्देश्यले नगद पुरस्कार हस्तान्तरण गरेका हौँ,’ विद्यालय प्रमुख धामीले भने, ‘यसमार्फत विद्यार्थीमा थप ऊर्जा विस्तार हुने आशा लिएका छौँ ।’

उनका अनुसार सिग्मा स्कुलमा एसइई दिएका २९ जनामध्ये भूषण धामी, पूनम महत, अरुण गुरुङ, भूमिका धामी, समप्रदा तिमल्सिना, कृश्चल लोहनी, अर्लिन श्रेष्ठ र विराज थापालाई नगद पुरस्कार दिइएको प्रमुख धामीले जानकारी दिए । प्रत्येक विद्यार्थीलाई १० हजार रुपैयाँ दरले नगद पुरस्कार वितरण गरिएको उनले बताए । 

२६ वर्षदेखि शैक्षिक सेवा दिँदै आएको सिग्मा सेकेण्डरी स्कुलमा हाल करिब ६ सयजना विद्यार्थी अध्ययनरत छन् । यस्तै, सिग्माअन्तर्गत उच्च माध्यमिक तहमा  ६ सय र स्नातक तहमा करिब २५० विद्यार्थी अध्ययनरत रहेको प्रमुख धामीले बताए ।  


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्