logo-img

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : महानिर्देशकविरुद्ध पोखराबासी आक्रोशित

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालनमा भएको ढिलाइ र निर्माणमा भएको भ्रष्टाचारको आरोपमा पोखराबासी आक्रोशित भएका छन् । राष्ट्रिय एकता अभियानका उपाध्यक्ष टीकाकुमारी छिरिङले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाएकी छन्, जसमा विमानस्थलको निर्माणमा भएको भ्रष्टाचार र प्राविधिक त्रुटीहरूलाई लिएर गम्भीर चिन्ता व्यक्त गरिएको छ । 

 

 

 

 

ज्ञापन पत्रमा विमानस्थल उद्घाटन भएको डेढ वर्ष बितिसक्दा पनि पूर्णरूपमा सञ्चालनमा नआउँदा पोखराबासीमा निराशा र आक्रोश बढेको उल्लेख छ । उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि ठेकेदार कम्पनीहरूसँग मिलेर कमिसनको लागि प्राविधिक त्रुटीहरूलाई बेवास्ता गरेको आरोप लगाइएको छ ।

संसदीय छानबिन उपसमितिले सार्वजनिक सुनुवाइका क्रममा प्रदीप अधिकारी कार्यक्रममा उठेर भागेको घटनाले पोखराबासीलाई अपमानित गरेको र उनको असक्षमता प्रकट गरेको बताइएको छ । विमानस्थल निर्माणका क्रममा भएका प्राविधिक त्रुटीहरू, सुरक्षा मापदण्डहरूको अवमूल्यन, र ठेकेदार कम्पनीहरूसँगको मिलीभगतले विमानस्थलको गुणस्तरमा कमी आएको उल्लेख छ ।      

ज्ञापन पत्रमा टीकाकुमारी छिरिङको नेतृत्वमा भएको प्रतिनिधिमण्डलमा ध्रुवराज चालिसे, विष्णुप्रसाद तिवारी, चित्रकुमारी गुरुङ, इन्द्र गुरुङ, नारायण गिरी, र रामेश्वर अधिकारी उपस्थित थिए। पोखराबासीले ज्ञापन पत्रलाई गम्भीरतापूर्वक लिएर सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । 

 

 

 

 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्