एमाले महासचिव शंकर पोखरेलको जिल्ला दाङका तीनै क्षेत्रमा एमाले पछाडि

नेकपा एमालेका महासचिव शंकर पोखरेलको गृह जिल्ला दाङमा एमालेले यसपटकको निर्वाचनमा राम्रो प्रदर्शन गर्न सकेको छैन । 

यो क्षेत्रमा स्वयं शंकर पोखरेल मतगणना सुरु भएपछि पछाडि पर्दै आएका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत भएका पोखरेलको दाङ क्षेत्र नम्बर २ मा मतगणनाको सुरुवात देखि नै नेकपा माओवादी केन्द्रकी रेखा शर्मा अगाडि छिन् ।

दाङको क्षेत्र नम्बर १ मा पनि एमालेले राम्रो गर्न सकेको छैन । 

त्यहाँ एमालेकी उम्मेदवार शान्ता चौधरी मेटमणि चौधरीभन्दा पछाडि छिन् ।

दाङको क्षेत्र नम्बर ३ मा केही समयसम्म अगाडि रहेकी नेकपा एमालेकी उम्मेदवार कोमल वली पनि अब नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरिभन्दा पछाडि परेकी छिन् ।



पछिल्लो मत परिणामअनुसार दाङ क्षेत्र नम्बर १ मा मेटमणि चौधरीले २०३६ मत ल्याउँदा नेकपा एमालेकी शान्ता चौधरीले १३०१ मत मात्र ल्याएकी छिन् । त्यहाँ नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चौधरीले ४४० मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवराज पाठकले ९८२ मत ल्याएका छन् ।

दाङको क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मालाई यसपटकक सत्ता गठबन्धनका दलहरुले समर्थन गरेका थिए । उनले यो क्षेत्रमा लिड गरिरहेकी छिन् । उनले शंकर पोखरेलको भन्दा झन्डै २ हजार मत ल्याइसकेकी छिन् ।



शंकर पोखरेलले ६८१० मत ल्याउँदा रेखा शर्माले ८ हजार ६ सय २० मत ल्याएकी छिन् ।

त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारी तेस्रो नम्बरमा छन्् । उनले ३१२२ मत ल्याएका छन् ।

दाङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी कोमल वलीसँगको मतान्तर नेपाली कांग्रेसका दिपक गिरीले बढाएका छन् । उनले ३४६० मत ल्याउँदा कोमल वलीले २९२९ मत ल्याएकी छिन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १२९३ मत ल्याएका छन् ।

देशभर नेकपा एमालेको अवस्था अहिले त्यति खराब छैन । तर, महासचिवको जिल्ला दाङमा एमाले कमजोर देखिएको छ ।

  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार १५:३०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया