झापा क्षेत्र नं– १ मा मत गणना जारी छ । पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले नेकपा (एमाले) का उम्मेदवार अग्नि खरेललाई ६ हजार पाँच सय ७३ मतले पछि पारेका छन् ।
३४ हजार चार सय २९ मत गणना हुँदा नेपाली कांग्रेसका महामन्त्री समेत रहेका शर्माले १७ हजार दुई सय ९८ मत प्राप्त गरेका छन् भने एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका खरेलले १० हजार सात सय १६ मत प्राप्त गरे ।
यो निर्वाचन क्षेत्रमा ८७ हजार तीन सय ९६ मत खसेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।