logo-img

तनहुँ २ मा साढे ४१ हजार मत गन्दा कांग्रेसका भण्डारी ३६०० मतले अगाडि

तनहुँ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४१ हजार छ सय ४९ मतगणना सकिएको छ । पछिल्लो सार्वजनिक नतिजाअनुसार कुल खसेको ६८ हजार दुई सय ७१ मध्ये ४१ हजार छ सय ४९ मतगणना सकिएको हो ।

सार्वजनिक परिणामअनुसार वाम–लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका शंकर भण्डारीले १९ हजार दुई सय ३५ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले) का किरण गुरुङले १५ हजार छ सय ९५ मत प्राप्त गरेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले दुई हजार सात सय ५१, राप्रपाका नरेन्द्रप्रताप महतले छ सय ३० मत प्राप्त गरेका छन् । 

प्रदेशसभा–१ तर्फ नेकपा (माओवादी) केन्द्रका राजेन्द्रकेशरी न्यौपानेले छ हजार छ सय ३७ मत प्राप्त गर्दा नेकपा (एमाले)का श्यामराजा महतले पाँच हजार नौ सय १९ मत प्राप्त गरेका छन् ।  

प्रदेशसभा–२ तर्फ नेपाली कांग्रेसका जितप्रकाश आलेले छ हजार तीन सय ५५ मत प्राप्त गर्दा नेकपा (एमाले)का केदार सिग्देलले छ हजार एक सय १३ मत प्राप्त गरेका छन् ।  





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार १८:१०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया