प्रदेश सभा सांसदमा इन्द्रबहादुर बानियाँ विजयी
फरकधार / ७ मंसिर, २०७९

मकवानपुर प्रदेश सभा क्षेत्र नम्बर २(ख)मा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ विजयी भएका छन् । 



जम्मा ४० हजार ५ सय ९९ मत खसेकोमा बानियाँ १८ हजार ७ सय १६ मत ल्याउँदै  प्रदेश सभा सांसदमा विजयी भएका हुन् । 

उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका लालबहादुर थापामगरसँग १७ सय ८२ मतान्तरले उनी विजयी भएका हुन् । 



थापामगरले १६ हजार ९ सय ३४ मत प्राप्त गरेका छन् । बानियाँ बागमती प्रदेशको मुख्यमन्त्रीका दाबेदारसमेत हुन् ।



  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १८:५०:२०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया