प्रतिनिधिसभा निर्वाचनतर्फ स्याङ्जाको क्षेत्र नम्बर–२ मा जारी मतगणनामा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राखेका छन् ।
पछिल्लो मतपरिणामअनुसार अहिलेसम्म उनले २२ हजार ४६० मत पाएका छन् । गुरुङलाई पछ्याइरहेकी नेकपा एमालेकी पद्मा अर्यालले २० हजार २६७ मत ल्याएकी छन् ।
शुक्रबार साँझको तुलनामा अर्यालले गुरुङसँगको मतान्तर केही घटाएकी छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ३२ मत ल्याएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।