अर्को वर्ष निर्यातबाट १९ अर्ब अमेरिकी डलर आम्दानी गर्ने श्रीलंकाको रणनीति

श्रीलङ्काले सन् २०२३ मा वस्तु तथा सेवा निर्यातबाट १९ अर्ब अमेरिकी डलर आम्दानी गर्ने अनुमान गरेको छ । 

लगानी प्रवर्द्धन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘व्यावसायिक वस्तुको निर्यातबाट १४ अर्ब ८० करोड डलर र बाँकी चार अर्ब २० करोड डलर सेवा निर्यातबाट प्राप्त हुनेछ ।’ 

यो लक्ष्य हासिल गर्न मन्त्रालयले श्रीलङ्काको निर्यातको साख बढाउने, मूल्य अभिवृद्धि र उत्पादनहरूको ब्रान्डिङ गर्ने, नयाँ बजारहरूमा पहुँच बढाउने, निर्यातकर्ताको सङ्ख्या बढाउने र निर्यात क्षेत्रको दक्षता बढाउनेलगायत विभिन्न रणनीति लागू गरेको मन्त्रालयले जनाएको छ ।  

यी रणनीति पूरा गर्न सरकारले सन् २०२३ का लागि सात लाख अमेरिकी डलर विनियोजन गरेको मन्त्रालयले जनाएको छ । 

श्रीलङ्कामा भ्रष्टाचार वृद्धि र कोभिडका कारण विदेशी मुद्रा (डलर) को अभाव हुँदा खाद्यान्न, औषधि, इन्धनलगायतका वस्तु खरिदमा समस्या भएपछि केही महिना पहिले देशव्यापी चलेको आन्दोलनको दबाबका कारण तत्कालीन राष्ट्रपति गोतबाय राजपाक्ष र प्रधानमन्त्री महिन्दा राजपाक्षले पदबाट बाहिरिनु परेको थियो । 





  • प्रकाशित मिति : मंसिर २२, २०७९ बिहीबार ६:५७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया