logo-img

मलको समस्या सुल्झाउन माग गर्दै सांसद बर्तौला पुगे कृषि मन्त्रालय

 मकवानपुरका किसानले बालि लगाउँदा खेत बारीमा समेत मल हाल्न नपाएको गुनासो बढे पछि आज संघीय सांसद महेश कुमार बर्तौला बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय पुगेका छन् ।

सधैं मलको हाहाकार भइरहेको समयमा अहिलेको अवस्थामा पनि मकवानपुरका किसानले तरकारी तथा अन्नबालीमा मल हाल्न नपाइरहेको समयमा भएको मल तत्काल किसानकोमा पुग्ने वातावरण तयार गर्न मकवानपुर क्षेत्र नम्बर–२ का सांसद बर्तौलाले मन्त्रालयका सचिव डाक्टर शरण कुमार पाण्डेलाई निर्देशन दिएका हुन् ।

अहिले कृषि सामाग्री कम्पनि लिमिटेड हेटौंडाको गोदाममा मल मौज्दात छ । तर, किसानले प्रयोग गर्न पाइरहेका छै्रनन् । यस्तो समस्या अबका दनमा आउन नदिनका लागि उनले निर्देशन दिएका हुन् ।

तरकारी खेती हुने र बार्षिक ३–४ बाली लाग्ने स्थानहरुमा मल कोटा बढाउनु पर्ने, तत्काल आवस्यक पर्ने स्थानहरु र केही महिनामा मात्रै बाली लाग्ने स्थानको पहिचान हुनुपर्ने र सोको आधारमा बैज्ञानिक मल बितरण प्रणाली स्थापना गर्नुपर्ने सांसद बर्तौलाले बताएका छन् ।

अहिले भइरहेको टेण्डर प्रकृयामा सुधार गर्नु पर्ने प्रत्यक बर्षको नभैइ ५ बर्षको टेण्डर एकै पटक टेण्डर गर्नुपर्ने, प्रत्येक बर्षको टेण्डर गर्दा हप्ता दिन भित्रै गर्ने व्यवस्थापन गर्नु पर्ने, बागमती प्रदेसले नेपालले पाउने मलअपुग भएको यसको मात्रा बृद्धी गर्न पनि सचिब पाण्डेलाई सांसद बर्तौलाले निर्देशन दिएका छन् ।





  • प्रकाशित मिति : मंसिर २३, २०७९ शुक्रबार १७:३५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया