logo-img

प्रदेशको कृषि मन्त्रालय पुगेर संघीय सांसद बर्तौलाले सचिवलाई भने - मलको समस्या समाधान गर्नुहोस्

मकवानपुरका किसानले बालि लगाउँदा खेत बारीमा मल हाल्न नपाएको गुनासो गरेपछि सुक्रबार संघीय सांसद महेश कुमार बर्तौला बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय पुगेका छन् ।

सधैं मलको हाहाकार भइरहेको भन्दै अहिलेको अवस्थामा पनि मकवानपुरका किसानले तरकारी तथा अन्नबालीमा मल हाल्न नपाइरहेकोले मल तत्काल किसानकोमा पुग्ने वातावरण तयार गर्न मकवानपुर क्षेत्र नम्बर–२ का नवनिर्वाचित सांसद बर्तौलाले मन्त्रालयका सचिव डाक्टर शरण कुमार पाण्डेलाई निर्देशन दिएका हुन् ।

अहिले कृषि सामाग्री कम्पनी लिमिटेड हेटौंडाको गोदाममा मल मौजदात छ । तर, किसानले प्रयोग गर्न पाइरहेका छैनन् । यस्तो समस्या अबका दिनमा आउन नदिनका लागि उनले निर्देशन दिएका हुन् ।

तरकारी खेती हुने र वार्षिक ३–४ बाली लाग्ने स्थानहरूमा मल कोटा बढाउनु पर्ने, तत्काल आवश्यक पर्ने स्थानहरू र केही महिनामा मात्रै बाली लाग्ने स्थानको पहिचान हुनुपर्ने र सोको आधारमा वैज्ञानिक मल वितरण प्रणाली स्थापना गर्नुपर्ने सांसद बर्तौलाले बताएका छन् ।

अहिले भइरहेको टेन्डर प्रक्रियामा सुधार गर्नु पर्ने प्रत्येक वर्षको नभइ ५ वर्षको टेन्डर एकै पटक टेन्डर गर्नुपर्ने, प्रत्येक वर्षको टेन्डर गर्दा हप्ता दिन भित्रै गर्ने व्यवस्थापन गर्नु पर्ने, बागमती प्रदेशले नेपालले पाउने मल अपुग भएको यसको मात्रा वृद्धि गर्न पनि सचिव पाण्डेलाई सांसद बर्तौलाले निर्देशन दिएका छन् । 





  • प्रकाशित मिति : मंसिर २४, २०७९ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया