logo-img

बागमती प्रदेश सभामा ७ राजनीतिक दलको प्रतिनिधित्व

बागमती प्रदेशसभामा सातवटा राजनीतिक दलका सांसदहरुले इन्ट्री पाएका छन् । यस प्रदेशमा सात राजनीतिक दलले ‘थ्रेस होल्ड’ कटाउन सफल भएपछि अब ७ दलले प्रतिनिधित्व गर्ने भएका हुन् ।

नेकपा एमालले ३२ दशमलव ३९ प्रतिशत मत प्राप्त गरी १४ सिट प्राप्त गर्दा नेपाली कांग्रेसले २७ दशमलव २४ प्रतिशत मत पाई १२ सिट प्राप्त गरेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले १५ दशमलव ५५ प्रतिशत मत प्राप्त गरी सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले १४ दशमलव ८३ प्रतिशत मतले ६ सिट प्राप्त गरेको छ ।

यता, नेकपा (एस) ले ३ दशमलव ७४ प्रतिशत मत र नेपाल मजदुर किसान पार्टीले ३ दशमलव ६८ प्रतिशत मत प्राप्त गरी समान दुई सिट प्राप्त गरेका छन् । हाम्रो नेपाली पार्टीले २ दशमलव ५७ प्रतिशत मतले एक सिट प्राप्त गरेको छ ।





  • प्रकाशित मिति : मंसिर २४, २०७९ शनिबार ११:४७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया