चार महिनामा २.५ प्रतिशतले बढ्यो विदेशी मुद्रा सञ्चिति

विदेशी मुद्रा सञ्चिति २ दशमलव ५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैङ्कको चालू आर्थिक वर्षको पहिलो चार महिनासम्मको प्रतिवेदनअनुसार कात्तिक मसान्तसम्ममा १२ खर्ब ४६ अर्ब २७ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति छ । 

यो असारको तुलनामा ११ अर्ब ६६ करोड रुपैयाँले बढी हो । असारमा कुल विदेशी विनिमय सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर थियो ।  

गत भदौमा ११ खर्ब ९८ अर्ब १६ करोड रुपैयाँ र असोजमा १२ खर्ब ६४ अर्ब ६६ करोड रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति थियो । असोजको तुलनामा कात्तिक महिनामा विदेशी विनिमय सञ्चिति ३६ अर्ब ७६ करोड रुपैयाँले घटेको छ । 

मुलुकको विदेशी विनिमय सञ्चिति कात्तिकमा नौ अर्ब ६३ करोड अमेरिकी डलर रहेको छ। यो गत असारको तुलनामा नौ करोड र असोजको तुलनामा १५ करोड डलरले बढी हो । 

चार महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रमा रहेको विदेशी मुद्रा सञ्चिति ९.७ महिनाको वस्तु र ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकको प्रतिवेदनमा जनाइएको छ । 





  • प्रकाशित मिति : पुस १, २०७९ शुक्रबार ७:१४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया