मंगलबार या बुधबारसम्म संसदीय दलको नेता चयन हुन्छ : गगन थापा
फरकधार / २ पुस, २०७९
यो सामग्री सेयर गर्नुहोस्

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मंगलबार या बुधबारसम्म संसदीय दलको नेता चयन हुने जानकारी दिएका छन्।



प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा नवनिर्वाचित सांसदका लागि आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै गगनले भोलि ३ बजे कांग्रेस कार्यसम्पादन समिति बैठक बोलाइएको र भोलि नै निर्वाचन समिति बन्ने दाबी गरे। 



कांग्रेसभित्र संसदीय दलको नेताका लागि आधा दर्जनभन्दा बढी नेता आकांक्षी छन् । संस्थापन पक्षले सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेताका रूपमा अगाडि सार्ने निश्चितजस्तै छ । 



संस्थापनइतर समूहमा शेखर कोइराला र गगन थापा आकांक्षी छन्।







  • प्रकाशित मिति : पुस २, २०७९ शनिबार १७:३३:४३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया