logo-img

पहाडी भू-भागमा वर्षा र हिमपातको सम्भावना
फाइल तस्बिर

आज आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार प्रदेश–१, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ ।

प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागको एक/दुई स्थानमा भने हल्का वर्षा प्रदेश–१, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी भू–भागको केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहने बताइएको छ । 

न्यून चापीय प्रणालीको प्रभावका कारण तराईका केही  भू–भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिकरूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ । 

राति प्रदेश–१, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव ७ डिग्री र अधिकतम तापक्रम १९ दशमलव २ डिग्री सेल्सियस रहेको छ । 

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ४ दशमलव १ डिग्री र सबैभन्दा धेरै धरानको अधिकतम तापक्रम २४ दशमलव २  डिग्री सेल्सियस रहेको विभागले जनाएको छ । 





  • प्रकाशित मिति : पुस ३, २०७९ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया