अस्ट्रेलियाका विदेशमन्त्री पेनी वङले डिसेम्बर २० देखि २१ सम्म चीनको स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको भ्रमण गर्ने भएकी छन् ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य समेत रहेका वाङले अस्ट्रेलियाका विदेशमन्त्रीसँग वार्ता गर्ने प्रवक्ता माओ निङले जानकारी दिएकी छन् ।
चीन र अस्ट्रेलियाका नेताहरूले इन्डोनेसियाको बालीमा भएको भेटवार्तामा भएको मुख्य सहमतिलाई यस भ्रमणले कार्यान्वयन गर्न सहयोग पुग्ने विश्वास प्रवक्ताले दैनिक पत्रकार सम्मेलनमा बताएकी छन् ।
यसै वर्षको डिसेम्बर २१ तारिख चीन–अस्ट्रेलिया कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सव मनाउने क्रममा माओले यो अवर दुई पक्षका लागि आपसी सम्मान, पारस्परिक हितका सिद्धान्तहरू पालन गर्ने र मतभेदलाई घटाउँदै सहयोगका साझा आधार खोज्ने अवसरको रूपमा विकास गर्नुपर्ने धारणा राखेका छन् ।
संवादलाई बलियो बनाउन, सहयोग विस्तार गर्न, मतभेदहरू व्यवस्थापन गर्न र द्विपक्षीय सम्बन्धलाई दिगो विकासको सही मार्गमा फर्काउन यो भेटघाट फलदायी हुने उनको धारणा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।