अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुड अमेरिकाको राजदूतको जिम्मेवारी सम्हाल्न तयार भएका छन् । उनले आगामी मार्चदेखि अमेरिकी राजदूतको कार्यभार सम्हाल्ने छन् ।
आफूलाई राजदूतको जिम्मेवारी दिएको भन्दै रुडले सरकारलाई धन्यवाद दिएका छन् ।
I am greatly honoured by the Australian Government’s decision to nominate me as our country’s next Ambassador to the United States of America commencing in March. pic.twitter.com/vIz1KckSv4
— Kevin Rudd (@MrKRudd) December 19, 2022
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले रुडले राजदूत नियुक्तिलाई स्वीकारेर ठूलो सहयोग गरेको प्रतिक्रिया दिएका छन् ।
केभिन रुड अस्ट्रेलियाका २६ औं प्रधानमन्त्री हुन् । लेबर पार्टीका नेता रुड सन् २०१३ मा राजनीतिबाट निष्क्रिय भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।