logo-img

भ्रष्टाचार मुद्दा खेपिरहेका गुरुङको सांसद पद निलम्बन

सङ्घीय संसद् सचिवालयले मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङलाई निलम्बन गरेको छ । सचिवालयले मंगलबार सूचना जारी गर्दै गुरुङको सांसद पद निलम्बनमा परेको जनाएको हो । 

गुरुङलाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पत्र आएको र सोही आधारमा यस्तो निर्णय लिइएको संसद् सचिवालयले जनाएको छ । ‘प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङउपरको मुद्दा विशेष अदालतमा विचाराधीन रहेको अवस्थामा उक्त मुद्दा अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा रहने कानूनी व्यवस्था कार्यान्वयन गर्न गराउन सम्बन्धित निकायमा लेखी पठाउने’व्यहोराको अख्तियारको पत्र पुस ८ गते संसद् सचिवालयमा आइपुगेको थियो ।  

गुरुङविरुद्ध अख्तियारले २१ माघ २०७५ मा भ्रष्टाचार मुद्दा दायर गरेकोमा अहिले त्यो विशेष अदालतमा विचाराधीन छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ मा भएको व्यवस्थाबमोजिम भ्रष्टाचार कसुरको आरोप लागेको व्यक्ति सार्वजनिक पद धारण गर्न नमिल्ने भन्दै गुरुङलाई निलम्बन गरिएको हो । 







  • प्रकाशित मिति : पुस १२, २०७९ मंगलबार २१:३०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया