फिलिपिन्समा कोभिड–१९ बाट शनिबार मात्र २६ जनाको ज्यान गएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् । दक्षिणपूर्व एसियाली देश फिलिपिन्समा कोभिडबाट एकैदिन अर्थात् शनिबार मात्र २६ जनाको ज्यान गएको यहाँको स्वास्थ्य विभागले जानकारी दिएको छ ।
सो विभागकाअनुसार शनिबार यहाँ कोभिडबाट ५ सय ९१ जना सङ्क्रमित भएका पनि बताइएको छ । यो समेत गरी यहाँ कोभिड महामारी सुरु भएदेखि अहिलेसम्ममा ४० लाखभन्दा बढी नागरिक सङ्क्रमित भएका बताइएको छ ।
फिलिपिन्समा अहिले सक्रिय सङ्क्रमित १३ हजार मात्र भए पनि पछिल्लो समयमा कोभिडबाट हुने सङ्क्रमितको सङ्ख्या बढ्दै गएको देखिएको अधिकारीहरूले जनाएका छन् ।
प्राप्त समाचारअनुसार यहाँ कोभिडका कारण ६५ हजार जनाभन्दा बढीको ज्यान गएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।