बालेनले दायर गरेकाे रिट हेर्न नभ्याइने सूचीमा

सर्वाेच्च अदालतले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन)ले निर्वाचन आयोगलाई विपक्षी बनाई दायर गरेको रिट हेर्न नभ्याइने सूचीमा राखेकाे छ । 

बुधबारको संवैधानिक इजलासमा तोकिएको पेसी हेर्न नभ्याइनेमा परेको हो । समय अभावका कारण बुधबारको पेसीमा उक्त रिट हेर्न नभ्याइनेमा परेको हाे ।  

निर्वाचन आयोग ऐनका केही दफा संविधानसँग बाझिएको भन्दै ती दफा खारेज वा संशोधन लगायतका माग राख्दै पुस १९ गते संवैधानिक इजलासमा दर्ता गरिएको साहको रिट पुस २० गतेको पेसीमा चढेको थियो । 

साहले निर्वाचन खर्च नबुझाएको कारण ठूलो जरिवानाको घोषणा गरिएपछि निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । 



  • प्रकाशित मिति : पुस २०, २०७९ बुधबार १८:१९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया