logo-img

कांग्रेस संसदीय दलको बैठक बस्दै, यी विषयमा हुँदैछ छलफल
फाइल तस्बिर

नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो १ बजे बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनुअघि कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।  

संसदीय दलको कार्यालयमा बस्ने आजको बैठकमा संसदमा कसरी प्रस्तुत हुने, सरकारलाई विश्वासको मत दिने/नदिनेलगायत विषयमा छलफल हुने बताइएको छ । 

बैठकअघि शुक्रबार पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले पदाधिकारीसँग छलफल गरेका थिए । सो बैठकमा संसदीय दलको बैठकको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । 

देउवा निवासमा भएको छलफलमा उससभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पार्टीका मुख्य सचेतक रमेश लेखक सहभागी थिए ।  

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको अधिवेशन यही २५ पुसदेखि प्रारम्भ हुँदैछ । निर्वाचनबाट कांग्रेसले प्रतिनिधिसभामा ८९ सिट जितेर सबैभन्दा ठूलो दल बने पनि प्रतिपक्षमा बस्नुपर्ने अवस्था छ । संघीय ससंद्को तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड एमालेसहित सात दलको समर्थनमा १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

उनले आगामी मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदैछन् । 





  • प्रकाशित मिति : पुस २३, २०७९ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया