सागर ढकालले भेटे सिके राउतलाई

४ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएर चर्चामा आएका सागर ढकालले जनमुक्ति पार्टीका अध्यक्ष सिके राउतसँग भेटघाट गरेका छन् ।

ओशो तपोवनमा सन्न्यासी आनन्द अरुण र सिके राउतसँगको भेटको तस्वीर सागर ढकाल स्वयंले सामाजिक सन्जालमा राखेका छन् ।

उनले लेखेका छन्, ‘आज दिनभरि डा। सिके राउतसँग भलाकुसारी गर्यौँम स्वामी आनन्द अरुणको सानिन्ध्यमा । हाम्रो आत्मा, सपना र सोच धेरै मिल्छ । दुवै एकै ठाउँबाट इन्जिनियर भयौँ, बेलायतमा करिब एउटै ठाउँमा पढ्ने मौका पायौँ र आध्यात्मिक शक्ति हुन्छ भन्नेमा विश्वास गर्छौ । धेरै आशा छ । अबको लक्ष देश बनाउने । उनको यो सन्देश अर्थपूर्ण रहेको छ ।ु

२०४८ सालदेखि लगातार डडेलधुराबाट चुनाव जित्दै आएका देउवालाई यसपटक सागर ढकालले स्वतन्त्र उम्मेदवारी दिएर चुनौती दिएका थिए । देउवाले २५ हजार ५ सय ३४ मत ल्याउँदा सागरले १३ हजार ४२ मत पाएका थिए ।





  • प्रकाशित मिति : पुस २३, २०७९ शनिबार २०:२१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया