logo-img

पृथ्वी जयन्तीलाई पुनस्र्थापित गर्नु जनआन्दोलनको मर्म र भावनाविपरीत : उपेन्द्र यादव

जनता समाजवादी पार्टी, (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राजतन्त्रात्मक निरंकुश पञ्चायती व्यवस्थाले स्थापित गरेको पृथ्वी जयन्तीलाई प्रचण्ड सरकारले पुनस्र्थापित गर्नु जन–आन्दोलनको मर्म र भावनाविपरीत कार्य भएको बताएका छन् ।
 
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखी उनले उक्त कुरा बताएका हुन् । 

‘यो कार्यले सहिदहरुको अपमान गर्ने र यसले विविधतामा एकता हैन, एकतामा विभेद, असमानता र विविधता उत्पन्न गर्ने उनको दाबी रहेको छ ।
 
जसपाले सरकारको साझा न्यूनतम कार्यक्रममा पृथ्वी जयन्तीलाई समेट्ने विषयमा असहमति राखेपछि त्यसलाई पूर्णता दिने क्रममा हटाइएको थियो । तर, सरकारले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि जसपाले यसको विरोध गरेको हो ।





  • प्रकाशित मिति : पुस २७, २०७९ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया