त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्ने भएको छ ।
बिहीबार त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गर्दै ५ चैतमा त्रिविका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुने र यसका लागि तयारी गर्न र गराउन क्याम्पसहरुलाई आग्रह गरेको छ ।
महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले सूचना जारी गर्दै त्रिवि कार्यकारी परिषद्को २२ पुसमा बसेको बैठकले ५ चैतमा स्ववियु निर्वाचन गर्ने निर्णय गरेको र यसका लागि पूर्वतयारी गर्न सम्बन्धित क्याम्पस निर्देशन दिएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।