गण्डकीका मुख्यमन्त्री अधिकारीले शुक्रबार विश्वासको मत लिने, मन्त्रालय बाँडफाँड केही दिनपछि

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शुक्रबार विश्वासको मत लिने भएका छन् । नेकपा एमालेका नेता अधिकारी गत २५ पुसमा गण्डकी प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका थिए । 

६० सदस्यीय प्रदेश सभामा कांग्रेसका २७ जनाबाहेक अन्य सांसदले उनलाई समर्थन गर्ने बताइएको छ । अधिकारीको पक्षमा एमालेका २२, माओवादीका ८, राप्रपाको दुई र एक स्वतन्त्र गरी ३३ सांसदको समर्थन छ । 

मुख्यमन्त्री बनेपछि अधिकारी अध्यक्ष केपी ओलीलाई भेट्न दुई दिनअघि बालकोट पुगेका थिए । सो भेटमा अध्यक्ष ओलीले उनलाई विश्वासको मत लिएपछि फेरि काठमाडौं आउन निर्देशन दिएका थिए । 

मुख्यमन्त्री अधिकारी शुक्रबार संसदबाट विश्वासको मत लिएर सोही दिन काठमाडौं आउने र मन्त्रालय बाँडफाँडको टुंगो लगाएर पुनः पोखरा फर्कने तयारीमा रहेका छन् । 





  • प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार २१:५२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया