गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै
फरकधार / २९ पुस, २०७९
यो सामग्री सेयर गर्नुहोस्

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदैछन् । नेकपा एमाले नेता अधिकारी गत २५ पुसमा गण्डकी प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका थिए ।   



६० सदस्यीय प्रदेश सभामा कांग्रेसका २७ जनाबाहेक अन्य सांसदले उनलाई समर्थन गर्ने बताइएको छ । अधिकारीको पक्षमा एमालेका २२, माओवादीका ८, राप्रपाको दुई र एक स्वतन्त्र गरी ३३ सांसदको समर्थन छ । 



मुख्यमन्त्री बनेपछि उनी अध्यक्ष केपी ओलीलाई भेट्न दुई दिनअघि बालकोट पुगेका थिए । सो भेटमा अध्यक्ष ओलीले उनलाई विश्वासको मत लिएपछि फेरि काठमाडौं आउन निर्देशन दिएका थिए ।   



साथै, उनले बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गरेका थिए । 







  • प्रकाशित मिति : पुस २९, २०७९ शुक्रबार ७:४९:१,   अन्तिम अपडेट : पुस २९, २०७९ शुक्रबार ७:४९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया