logo-img

बागमतीको सभामुखमा भुवनकुमार पाठक निर्वाचित
फाइल तस्बिर

बागमती प्रदेशसभामा नयाँ सभामुख चयन भएका छन् । प्रदेशसभाको सभामुखमा सत्ता गठबन्धनबाट राप्रपाका भुवनकुमार पाठक निर्वाचित भएका हुन् । 

प्रदेशसभाका सदस्यहरुमध्ये बहुमत सदस्यहरुको समर्थन पाउँदै पाठक सभामुख पदमा निर्वाचित भए । सभामुखका लागि पाठकसँगै नेपाली कांग्रेसका शिवराज अधिकारी र नेमकीपाकी सृजना सायजुले उम्मेदवारी दिएका थिए ।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा कुल सदस्य संख्या ११० मध्ये १०९ जना सांसद उपस्थित थिए । जसअनुसार राप्रपाका पाठकको पक्षमा प्रदेशसभाका ६२ जना सांसदहरुले हस्ताक्षर सहित समर्थन गरेका छन् ।

त्यस्तै ३९ जना सांसदले  उनको विपक्षनमा हस्ताक्षर गरेका थिए । ७ जना सांसदहरु भने तथष्ट रहेका थिए । प्रदेशसभाको सभामुख पदमा निर्वाचित हुनका लागि कुल सांसदमध्ये बहुमत सदस्यहरुको समर्थन आवश्यक हुन्छ ।





  • प्रकाशित मिति : पुस २९, २०७९ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया