चिनियाँ राजदूतले भेटे प्रधानमन्त्री प्रचण्ड

नेपालका लागि चिनियाँ राजदूत छेन् सोङ्गले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न सिंहदरबार पुगेका छन् । प्रधानमन्त्री कार्यालयमा भएको शिष्टाचार भेटमा नेपाल र चीनबीच रहँदै आएको द्विपक्षीय सम्बन्ध र सहयोग तथा त्यसलाई थप बलियो बनाउनेबारे कुराकानी भएको बताइएको छ । 

राजदूत सोङ्गले प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट बधाई र नयाँ वर्षको शुभकामना सन्देशसमेत हस्तान्तरण गरेकका थिए ।

प्रधानमन्त्री प्रचण्डले चिनियाँ सहयोग, सद्भाव र भातृत्वको लागि धन्यवाद दिँदै आफ्नो तर्फबाट राष्ट्रपति सिचिन फिङ र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरेका छन् । 





  • प्रकाशित मिति : माघ २, २०७९ साेमबार ११:२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया