गण्डकी प्रदेशसभाको उपसभामुखमा विनाकुमारी थापा निर्वाचित
फाइल तस्बिर

गण्डकी प्रदेशसभाको उपसभामुख पदमा नेकपा एमालेकी विनाकुमारी थापा निर्वाचित भएकी छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा उपसभामुखका लागि भएको निर्वाचनमा थापाको पक्षमा ३२ मत प्राप्त हुँदा उनको विपक्षमा २६ मत प्राप्त भएको थियो । 

प्रदेशसभाको बैठकमा ५८ सांसद सहभागी भएका थिए । संविधानको धारा १८२ र प्रदेशसभा नियमावली ९ अनुसार थापा उपसभामुख पदमा निर्वाचित भएकी हुन् । थापालाई एमालेका २२, माओवादी केन्द्रका ७, राप्रपाका २ र स्वतन्त्र सांसदले पक्षमा मत दिएका हुन् ।  





  • प्रकाशित मिति : माघ २, २०७९ साेमबार १६:४५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया