logo-img

मुख्यमन्त्री कार्की भन्छन् - छिट्टै मन्त्रीहरूको कार्यविभाजन हुन्छ
फाइल तस्बिर

प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केही दिनभित्र मन्त्रीहरूको कार्यविभाजन हुने बताएका छन् । उनले मन्त्रिपरिषदमा रहेका सदस्यलाई आगामी सोमबारभित्र जिम्मेवारी तोकिने उल्लेख गरे ।

झापाको गौरादहमा बुधबार पत्रकारहरुसँग कुरा गर्दै उनले सत्तासाझेदार दलहरुसँगको परामर्शमा कार्यविभाजन गरिने बताए । उनले मन्त्रालयको सङ्ख्या नौ पुर्याइएको र त्यसैअनुसारको कार्यविभाजन गरिने बताए । मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद्को विस्तारसँगै साझा कार्यक्रम ल्याइने र सोहीअनुसार प्रदेश सरकारले काम अघि बढाउने बताए ।

उनले सुशासन कायम राख्नका लागि सरकारले काम अघि बढाउने बतउँदै आम सहमतिका आधारमा प्रदेशको नामाकरण गरिने र त्यसका लागि प्रदेशसभामा रहेका सबै दलबीच सहमति कायम राख्ने अधिकतम कोसिस गरिने बताए । 





  • प्रकाशित मिति : माघ ४, २०७९ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया